काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई बधाई दिनुभएको छ ।

प्रधानमन्त्री ओलीले आइतबार बिहान ट्विट गर्दै बाइडेन र ह्यारिसलाई बर्धाइ दिनुभएको हो । “शानदार र ऐतिहासिक जितको लागि तपाईंहरुलाई बधाई छ,’ प्रधानमन्त्रीले भन्नुभएको छ, ‘दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाउनका लागि अमेरिकाको नयाँ नेतृत्वसँग मिलेर काम गर्ने आशा व्यक्त गर्दछु ।”

दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध थप मजबुत बनाउन अमेरिकी नेतृत्वसँग मिलेर काम गर्ने पनि ओलीले उल्लेख गर्नुभएको छ ।

रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पलाई हराउँदै बाइडेन ४६ औं राष्ट्रपति निर्वाचित हुनुभएको हो ।

प्रतिक्रिया दिनुहोस !