काठमाडौंः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित पाँच जना सचिवालय सदस्य प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्न बालुवाटार पुगेका छन् ।
शुक्रबार प्रचण्डले बोलाएको अनौपचरिक सचिवालय बैठकको छलफलअनुसार प्रचण्डसहित सचिवालय सदस्य प्रधानमन्त्रीसँग भेट्न बालुवाटार पुगेका हुन् । भेटमा उनीहरूले प्रधानमन्त्री ओलीसँग सचिवालय बैठकका लागि आग्रह गर्ने बुझिएको छ ।
सचिवालयका पाँच नेतामा प्रचण्डसहित माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ रहेका छन् । पार्टीभित्रको आन्तरिक विवाद बढेपछि सचिवालयका सदस्यले प्रधानमन्त्रीसँग सामूहिक भेटको तयारी गरेका थिए ।








