चितवनः पुरानो मेडिकल कलेजमा उपचारका क्रममा एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देही जिल्ला तिलोतमा नगरपालिका वडा नम्बर ६ का ४३ वर्षिय पुरुष रहेका छन् ।
रक्तचाप र मुटुको समस्या भई कात्तिक १४ गते अस्पतालमा भर्ना भएका उनमा २० गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमण पुष्टि भए संगै अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा आज विहान १ः३० वजे मृत्यु भएको अस्पतालले जनाएको छ ।






