चितवनः भरतपुर अस्पतालमा उपचारका क्रममा एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपुरको प्रगतिनगर १० का ८२ वर्षिय पुरुष रहेको अस्पतालले जानएको छ ।

अस्पतालका सूचना अधिकारीका अनुसार आन्द्राको क्यान्सर र स्वासप्रस्वासमा समस्या भई कात्तिक १६ गते अस्पताल भर्ना भएका उनमा १८ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमण पुष्टि भए संगै अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा आज दिउँसो २ वजे मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस !