
चितवनः प्रदेश सभा सदस्य गिता वाग्लेले आँफुले पाएको दशैं भत्तामा एक महिनाको मासिक पारिश्रमीक थप गरि एक जना बिद्यार्थीलाई प्राबिधिक बिषय वढाउनु भएको छ । उहाँले गोरखा घर भई नारायणगढमा बसोबास गर्ने हर्षिता ढकाललाई चितवन मेडिकल कलेजमा रेडियोग्राफि बिषय अध्ययनका लागि भर्ना गरिदिनु भएको हो ।
वाग्ले आँफै कलेज पुगेर ढकालको भर्ना बापत रु १ लाख भुक्तान गरिदिनु भएको हो । पार्टीले दशैं भत्ता फिर्ता गर्न निर्देशन दिएको भए पनि आँफुले तलब समेत थप गरि एक जना छात्रालाई प्राबिधिक शिक्षा पढाउन लागेको बताउनुभयो । आगामी वर्ष पनि ती बिद्यार्थीको शिक्षण शुल्कमा सहयोग गर्ने उहाँको भनाई छ ।
प्राबिधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद (सिटिइभिटि)को तीन वर्षे कार्यक्रम रेडियोग्राफिमा ढकाललाई उहाँले भर्ना गरिदिनु भएको हो । सामाजिक व्यक्तित्व वाग्लेले गत वर्ष मनहरीमा ओम शान्तिले निर्माण गरेको आमा घरमा दुई महिनाको तलब प्रदान गर्नु भएको थियो । उहाँले रामपुरमा निर्माण हुँदै गरेको गौंतमवुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालालाई रु १ लाख प्रदान गर्नु भएको छ । वाग्लेले बिभिन्न संघ संस्थालाई सहयोग गर्दै आउनु भएको छ ।