काठमााडौंः कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपाको सचिवालय बैठक बोलाएका छन् । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा ३ बजे सचिवाय बैठक बस्नेछ । अध्यक्ष प्रचण्डले सचिवालयका ९ सदस्यलाई बैठकको खबर गरिएको जनाएको छ ।
पार्टी प्रबक्ता एवं सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले कार्यकारी अध्यक्ष प्रचण्डले सचिवालय सदस्यको अनौपचारिक बैठक बोलाएको बताए । बैठकमा पार्टीभित्र देखिएका पछिल्ला विवादमा छलफल हुने श्रेष्ठको भनाइ छ । बैठकमा समसायमिक विषय तथा कर्णाली प्रदेश सरकारको विवादलगायतका विषयमा छलफल हुने बताइएको छ ।
प्रचण्डले बोलाएको अनौपचारिक बैठकमा प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी ओली भने उपस्थित नहुने वालुवाटारनिकटको भनाइ छ । हिजो २० कात्तिकमा प्रचण्ड र ओलीवीच झन्डै ४५ मिनेट छलफल भएको थियो । त्यो छलफलमा प्रचण्डले सचिवालय बैठक राख्न प्रस्ताव गरेका थिए ।
त्यसमा प्रधानमन्त्री ओलीले असन्तुष्टि मात्र राखेनन्, अस्वीकार गरे । त्यसपछि थप छलफल गर्ने भन्दै दुई अध्यक्ष छुटेका थिए । हिजोको तिक्ततापुर्ण भेटपछि प्रचण्डले आज सचिवाय बैठक बोलाएका हुन् ।