चितवनः चितवन जिल्ला अदालत बार एशोसियसनको २१ औँ जिल्ला अधिवेशसनमा दुई समुह नेतृत्वका लागि प्रतिश्पर्धामा रहेका छन् । आज हुन्े अबिधेशनले २ वर्षे कार्याकालका लागि १३ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ ।
नेतृत्व चयनका लागि बिहान ९ वजे देखि दिउँसो ४ वजे सम्म मतदान हँुदैंछ । कार्य समितिका लागि २७ जना र ८ जनाको केन्द्रिय पार्षदका लागि १६ जनाको उम्मेदवारी परेको छ ।
प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन (पिएलए) र नेपाल प्रजातान्त्रिक कानुन व्यवसायी संघ (डिएलए) निर्वाचनका लागि समुह वनाएर नै निर्वाचनमा लागेका हुन् । अध्यक्षमा पिएलएका रामकृष्ण अधिकारी र डिएलएका डा. हरिहर पोखरेल प्रतिश्प्रर्धामा हुनुहुन्छ । उपाध्यक्षमा ३ जनाको उम्मेदवारी परेको छ । पिएलएका रामचन्द्र देवकोटा, डिएलएका मुन्ना विक्रम खाती र स्वतन्त्रबाट बद्री गौतम हुनुहुन्छ । पिएलए र डिएलएबाट क्रमश सचिवमा विनोद मिश्र र श्रीराम दवाडी, कोषाध्यक्षमा बद्रीनाथ पण्डीत र बलराम पौडेल, सहसचिवमा शोभा भट्टराई र पृथ्वीदेवी सुवेदी प्रतिश्पर्धामा हुनुहुन्छ ।
नेतृत्व चयनका लागि १ सय ९८ जनाले मतदान गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस !