काठमाडौः पार्टीका दुई खेमाबीच विवाद उत्कर्षमा पुगेको बेला सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच विहिबार मध्यान्हदेखि भेटवार्ता जारी छ ।
ओलीलाई भेट्न प्रचण्ड मध्यान्ह १२ बजे प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएको हो । आईतबार सचिवालयका बहुमत सदस्यलाई खुमलटारमा बोलाएर प्रचण्डले ओलीले ‘सहमतिमै अलग हौं’ भन्ने प्रस्ताव राखेपछि नेकपाभित्रको पुरानो विवाद बल्झिएको हो ।
सचिवालय सदस्यहरुले ओलीसंग छलफल गरेर पार्टी बैठक बोलाएर समस्या सुल्झाउने सल्लाह दिएपछि उनीहरुबीच बुधबारै भेट्ने टुंगो लागेको थियो । तर, पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीताको निधन भएकाले भेट स्थगित थियो । दुई अध्यक्षबीच विवाद चुलिएको र तीब्र ध्रुबीकरण चलिरहेका बेला भइरहेको भेटलाई महत्वका साथ हेरिएको छ ।