काठमाडौं – नेपाली काँग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधन भएको छ । केसीको सोमबार राति पोखरास्थित आफ्नै घरमा निधन भएको काँग्रेस नेता डा. प्रकाशसरण महतले जानकारी दिए ।
लामो समयदेखि मधुमेह र प्रेसरका बिरामी रहेका केसी २०७४ सालमा राप्रपा छाडेर काँग्रेस प्रवेश गरेका थिए । ६३ वर्षीय केसी काँग्रेसको आमन्त्रित केन्द्रीय सदस्य समेत रहेका थिए । उनी काँग्रेसका समानुपातिक तर्फका संघीय सांसद हुन् ।






