चितवनः थारु पत्रकार संघ चितवनका उपाध्यक्ष मनोज चौधरीलाई पितृ शोक परेको छ । उहाँका ६७ वर्षीय पिता शिखाराम महतोको आज भरतपुर महानगरपालिका वडा नम्बर २५ शुक्रनगर स्थित आफ्नै निबासमा मृत्यु भएको हो ।
लामो समयदेखि रक्तक्यान्सर, सिभर एनिमियाको समस्या भई उहाँ उपचाररत हुनुहुन्थ्यो । चौधरीको आज नै देवघाटमा अन्तिम संस्कार गरिने पारिवारले जनाएको छ । स्वर्गीय चौधरीका दुई श्रीमतीसँगै जेठी तर्फबाट तीन छोरी तथा कान्छीका एक छोरी र दुई छोरा गरि ६ सन्तान छन् । मनोज कान्छा छोरा हुनुहुन्छ ।
मनोज पत्रकार संगै उपन्यासकार समेत रहनु भएको छ । उहाँको टुकी उपन्यास वजारमा आई सकेको छ ।






