
एजेन्सीः अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना भाइरस संक्रमित भएपछि हालसम्म २७ जना कर्मचारी कोरोना संक्रमित भइसकेका छन् । ट्रम्पसँग निकट रहने धेरै कर्मचारी संक्रमित भएको बताइएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका शीर्ष सहयोगी स्टिफन मिलर समेत कोरोना भाइरस संक्रमित भएका छन् । उनले आफू पछिल्ला ६ दिनदेखि क्वारेन्टाइनमा नै रहेर काम गरिरहेको उल्लेख गरेका छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्प गत साता कोरोना संक्रमित भएका थिए । यसअघि उनीहरुका निकट सहयोगी होप हिक्सलाई कोरोना संक्रमण देखिएको थियो । कोरोना संक्रमण पुष्टि भएपछि वासिंगटनस्थित सैनिक अस्पतालमा भर्ना भएका ट्रम्प सोमबार डिस्चार्ज भएका थिए ।