
चितवन – पुर्व नगर प्रमुख हिमबहादुर पियाको निधनको शोकमा भरतपुर महानगरपालिका आज (बुधबार) एकदिनका लागि बन्द भएको छ ।
तत्कालिन भरतपुर नगरपालिकाका पुर्व नगर प्रमुख पियाको निधनको शोकमा महानगरपालिका र यस अन्तर्गतका सम्पूर्ण कार्यालयहरु बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले जानकारी दिए ।
महानगरले स्वर्गीय पियाप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना प्रकट गरेको छ । पियाको गए राती मृत्यु भएको हो ।