काठमाडौं – नेपाली कांग्रेसको भोलि (सोमबार)का लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठक अनिश्चित भएको छ । चारजना केन्द्रीय सदस्य र अन्य केहीलाई कोरोना संक्रमण देखिएको भन्दै केन्द्रीय कार्यालय ५ दिनका लागि बन्द गरिएको छ । अरु केही नेताहरुको रिपोर्ट आउन बाँकी छ ।

प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार आज आइतबार बस्ने भनिएको पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठक स्थगित भएको छ । केन्द्रीय कार्यसमिति बैठकबारे दिउँसो निर्णय हुनेछ ।

प्रतिक्रिया दिनुहोस !