काठमाडौंः पछिल्लो २४ घण्टामा मुलुकका विभिन्न स्थानमा ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मोरङ, ललितपुर, भक्तपुर, काठमाडौं, मकवानपुर, रुपन्देही, बाँके र सुर्खेतमा गरी ११ जनाको मृत्यु भएको हो ।
११ जनामध्ये ४ जना महिला र ७ जना पुरुष रहेका छन् । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ५२० पुगेको छ ।