काठमााडौंः प्रदेश ५ को स्थायी राजधानी दाङ देउखुरी बनाउने प्रस्ताव प्रदेशसभामा पेस भएपछि नेपाल विद्यार्थी संघले विरोध जनाएको छ ।

प्रदेश सरकारले शुक्रबारको बैठकमा राजधानी र नामाकरण प्रस्ताव पेश गरेपछि नेविसंघले विरोध जनाएको हो । प्रस्ताव पेस हुन साथ नेविसंघले तीनवटा गाडीमा तोडफोड गरेको छ ।

सामाजिक विकास समितिका सभापति दीर्घनारायण पाण्डे सवार लु १ झ ४४५ नं को स्कारपियो र कृषि मन्त्रालय योजना महाशाखाको लु१ झ ४२१ नं गाडी तोडफोड गरेको छ । त्यस्तै लु १ झ ४४९ नं गाडी पनि तोडफोड गरेका छन् ।

नेविसंघका केन्द्रीय उपाध्यक्ष मुक्ति पौडेलले राजधानी बुटवलबाट सार्न नदिने गरि नेबि संघले आन्दोलन सुरु गरेको बताउनुभयो।

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच दाङको देउखुरीमा राजधानी राख्ने निर्णय भएपछि सरकारले प्रस्ताव अघि बढाएको थियो ।

प्रतिक्रिया दिनुहोस !