भारतः पछिल्लो एक महिनामा २६ लाख नयाँ कोरोना संक्रमित थपिएका छन् । अगष्टयता सङ्क्रमण ७१ प्रतिशतले वृद्धि भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

भारतको विभिन्न राज्यमा सञ्चालन गरिएको “सिरो प्रिभेलेन्स” सर्वेक्षणले यस प्रकारको नतिजा देखाएको हो । भारतीय सञ्चारमाध्यमका अनुसार थपिएका सङ्क्रमितमा महाराष्ट्र राज्यका मात्रै छ लाख छन् ।

आन्ध्रप्रदेश र कर्नाटकामा दुबै राज्यमा दुई लाख ६० हजार सङ्क्रमित भएका छन् । सेप्टेम्बर महिनामा नै उत्तरप्रदेश, तामिलनाडू, देल्ही, केरला र ओडिसामा सामान एक एक लाख जना नयाँ सङ्क्रमित थपिएका छन् ।

छत्तीसगढमा पछिल्लो एक महिनामा सङ्क्रमित हुने तीन गुणाले बढेको छ । इन्डियन एक्सप्रेसको अनलाइन संस्करणका अनुसार गत् अगष्ट महिनाको अन्त्यमा ३१ ह्जार सङ्क्रमित रहेको छत्तीसगढमा सेप्टेम्बर महिनामा एक लाख दश हजार पार गरेको छ ।

भारतमा हालसम्म ६३ लाख १० हजारमा सङ्क्रमित भएका छन् । ५२ लाख ७० हजार निको भइसकेका छन् । हालसम्म ९८ हजार ६७८ जना सङ्क्रमितको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस !