चितवनः पूर्बी चितवनका समाजसेवीहरुको अगुवाईमा दशैंका वेला वेसाहारा अबस्थामा रहेका दिदि वहिनीले नयाँ घर पाएका छन् । कालिका नगरपालिका वडा नम्बर ५ का ती दिदि वहिनीका लागि आर्थिक सहयोग संकलन गरि घर निर्माण गरिएको हो ।

वर्षातको समयमा लाठीले वोरा अडाएर त्यही भित्र जीवन गुजारी रहेका उनीहरुलाई यहाँका सामाजिक अगुवाहरुले सहयोग जुटाएर घर वनाईदिनु भएको हो । निषेधाज्ञाको समयमा दुःख परेकाहरुलाई सहयोग गर्न संगठित भएको अगुवाको समुहले सहयोग जुटाएर घर निर्माण गरेको हो ।

खैरहनी नगरपालिका वडा नम्बर ८ का मुरली प्रसाद गजुरेल, प्रेम रिमाल, कमल पाठक, अशोक न्यौपाने र लेख बहादुर पुनले एक महिना लगाएर घर निर्माण गरिदिनु भएको हो । गजुरेलले भन्नुभयो “त्यहाँ ६२ वर्षकी मुसरी महतो र ४८ वर्षीया वहिनी फोहोरी महतोको अबस्था बिजोग देखेर हामीले सहयोग जुटाएर घर वनाएका हौं ।” स्थानीय पत्रकार सन्तकुमार चौधरीले उनीहरुको अबस्थाको बारेमा समाचार लेखे पछि गजुरेल सहितको अगुवाहरुले सुरुमा उनीहरुलाई ६ महिना खानाको व्यवस्था ग¥यो । विना मास्क माग्दै हिडे पछि स्थानीय समेत त्रसित भएका थिए ।

गजुरेलका अनुसार लाठीले वोरा अडाएर मुसल्धारे वर्षातमा वसेको देखेर अगुवाहरुले सुरुमा त्रिपाल, म्याट र टर्च लाईट सहयोग गरेको थियो । उहाँले भन्नुभयो “पछि मन मानेन र घरै वनाउन सहयोग जुटाउन थाल्यौ र आज घर वन्यो ।” उनीहरुकै दुई वहिनीको थोरै जग्गाको छेउमा गजुरेलको समुहले घर वनाइदिएको हो । घर वनाउन रु ३ लाख खर्च भएको उहाँको भनाई छ ।

घर निर्माणका लागि स्वदेश र विदेशबाट दाताहरुले रु ३ लाख ४६ हजार पठाएका छन् । १४ फिट चौडाई र २० फिट लम्बाइको टिनले छाएको चिटिक्कको घरमा दिदि वहिनी वस्न सुरु गरेका छन् । दाताहरुको नाम लेखेर औपचारीक रुपमा हस्तान्तरण गरिने उहाँले जानकारी दिनुभयो । ती दिदि वहिनीका लागि दाताकै सहयोगमा लत्ता कपडा र भाँडा वर्तनको व्यवस्था पनि गरिएको छ । सामाजिक अगुवा गजुरेलले खुशि हुँदै भन्नुभयो “आँट्यो भने हुन्छ । सबैले धेर थोर गरेर सहयोगापेक्षिहरुलाई सहयोग गर्नु पर्छ ।”

स्थानिय पत्रकार चौधरीले आफ्नो क्षेत्रमा समाजिक अगुवाहरुले नमुना काम गरेको वताउनुभयो । उहाँले भन्नुभयो “अगुवाहरु आँफैले श्रमदान गरेकै कारण थोरै रकममा राम्रो घर वन्यो ।” मानविय सेवामा यो उदहारणीय काम भएको नेपाल पत्रकार महासंघ चितवन शाखाका सह–सचिव समेत रहनु भएका चौधरीले वताउनुभयो ।

ती दिदि वहिनी मध्ये जेठिको माडीमा र वहिनीको भण्डारामा विहे भएको भए पनि श्रीमानले छोडे पछि स्थानीयको गाईभौसी चराउने काम गरेका थिए । जसको पिडीमा वस्न पाईन्छ त्यही बस्ने खाने गरेका उनीहरु पछिल्ला दिनहरुमा वेसाहारा भएर त्यहाँ बोराको ओत लागेर वसेका थिए ।

जसको जग्गामा उनीहरु छन् ती दुई वहिनीका एक श्रीमान रहेको र उनी गैंडा तस्करीको अभियोगमा कारागारमा भएकाले उनीहरुको पनि रेखदेख गर्ने अबस्था नरहे पछि वेसाहारा भएको चौधरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस !