चितवनः भारतीय कुखुराका चल्लाका कारण यहाँका ह्याचरी व्यवसायी हैरान हुने गरेका थिए । प्रहरी प्रशासनको सहयोगमा अबैध रुपमा भित्रिएका चल्ला नियन्त्रणमा लिएर नष्ट गर्ने गरिएको थियो ।

कोभिड १९ को सङ्क्रमण संगै अबस्था फेरीएको छ । यहाँको ह्याचरीमा उत्पादीत चल्ला भारत जान थालेको छ । भारतमा चल्लाको अभाव भएपछि सप्लायर्सहरुले यहाँको चल्ला भारत पठाउन थालेका हुन । नेपाल ह्याचरी उद्योग संघका केन्द्रिय अध्यक्ष टिकाराम पोख्रेलका अनुसार एकिन जानकारी नभए पनि सातामा २ लाख ५० हजार हाराहारी चल्ला भारत जान थालेका छन् । सातामा दुई पटक ह्याचरीहरुले चल्ला निकाल्छन् ।

नेपालका ह्याचरीले अहिले एउटा चल्ला रु २५ देखि ३० मा बिक्रि गर्ने गरेका छन् । ती चल्ला सप्लायर्सहरु मार्फत भारतका कृषककोमा पुग्दा भारतीय रुपैंया ५० सम्म पर्ने गर्दछ । नेपालमा व्रोईलर, लेयर्स र कोईलरका गरि तीन सय २४ वटा ह्याचरी रहेका छन् । अहिले समस्या वोइलर चल्लाको छ । पोख्रेलका अनुसार सातामा ३५ लाख व्रोइलर चल्ला उत्पादन हुन्छ । मासुको मूल्य नपाए पछि साना कृषकले नोक्सानी वेहोर्नु परेको छ । घाटा खानु परे पछि कृषक चल्ला राख्न उत्साहीत छैनन् । उत्पादन धेरै तर खरिद कर्ता कम भए पछि चल्लाले मूल्य पाउन नसकेको हो ।

यहाँ मूल्य नपाए संगै चल्ला भारत पठाउन थालिएको हो । ह्याचरी व्यवसायीले मूल्य वढि नपाए पनि चल्ला भारत गएमा यहाँको बजारमा सुधार हुने उनीहरुको अपेक्षा छ । नेपाल पोल्ट्रि महासंघका अध्यक्ष गुणचन्द्र बिष्ट कोभिड १९ का कारण भारतीय सिमा क्षेत्रमा प्यारेन्ट नपाएका कारण चल्ला उत्पादन नहुँदा अभाव भएको बताउनुभयो । बिस्तारै यो समस्या नेपालमा पनि आउने उहाँको भनाई छ । विगत एक महिना यता भारतमा चल्लाको अभाव भएको छ । नेपालमा चैत पहिलो साता यता बिदेशबाट माउ प्यारेन्ट आएको छैन । नेपाली उत्पादनले नधान्ने भएकाले क्रमश यहाँ पनि अभाव हुँदै जाने व्यवसायीको भनाई छ ।

एक महिना अघि सम्म यहाँका ह्याचरीले चल्ला प्रतिगोटा रु ६५ मा विक्रि गर्ने गरेको भए पनि एकाएक मूल्य घटेको हो । होटल, रेष्टूरेन्ट, पार्टी प्यालेस, स्कूल कलेज पूर्ण रुपमा संञ्चालनमा नआउँदा मासुको खपत कम भए संगै मूल्य पनि निकै सस्तो भएको छ । कुखुरा पालेका कयौं कृषकका खोरबाट कुखुरा उठ्न सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस !