आइतबार खैरहनी नगरपालिका बन्द हुने

चितवन – वडा सदस्यको निधनको शोकमा जिल्लाको खैरहनी नगरपालिका (आइतबार) एक दिन बन्द हुने भएको छ । वडा नम्बर १२ का वडा सदस्य बद्रिबहादुर पाण्डेको निधनको शोकमा आइतबार कार्यालय तथा अन्तर्गतका वडा कार्यालयबाट प्रवाह हुने सम्पूर्ण सेवाहरु बन्द हुने भएको हो ।

नगरपालिकाले एक सुचना जारी गर्दै आज बसेको कार्यपालिका बैठकले उक्त निर्णय गरेको जानकारी दिएको छ । यस्तै सम्बन्धित वडा कार्यालयमा तीन दिनसम्म राष्ट्रिय झण्डा आधा झुकाउने तथा शोक पुस्तिका राख्ने निर्णय पनि भएको उनले बताए । वडा नम्बर १२ का वडा सदस्य पाण्डेको कोरोना भाइरस संक्रमणबाट मृत्‍यु आज बिहान १: ४५ बजे भएको थियो ।