चितवनः नेपाल बिद्यार्थी संघ चितवनले चितवन माविमा लगाएको ताला खुलेको छ । विद्यालय व्यवस्थापन समिति गठन लगाएत सुधारका बिभिन्न मागहरु राख्दै लगाएको ताला बिद्यालय प्रशासन र नेविसंघ बिच दुई वुँदे सहमति पछि खुलेको हो ।
नेबिसंघ चितवनका अध्यक्ष सूर्य ढकालका अनुसार बिद्यालय व्यवस्थापन समिति गठनका बिषयमा राजनैतिक दलहरु बिच भएको सहमति ककार्यान्वयन गर्दै बिद्यालयको हित रक्षा र शिक्षण सिकाईलाई निरन्तरता दिने र बिद्यालयको दिर्घकालिन हितमा प्रभाव पार्ने बिषमा बृहत छलफल गरी संबाद मार्फत सहमति निर्माण गर्ने सहमति भएकको छ ।







