चितवनः भरतपुर महानगरपालिका वडा नम्बर १० का वडा अध्यक्षका कारण स्थानीयले अशुरक्षित महशुश गरेको बताएका छन् । वडा अध्यक्षले स्थानीयलाई छाडा शव्द प्रयोग गरि गालिगलौज गर्ने, धम्काउने लगाएतका कार्यहरु गरिरहेको भन्दै उनीहरुले असुरक्षित महशुस गरेका हुन ।

भरतपुर महानगरपालिकाका प्रबक्ता समेत रहनु भएका वडा अध्यक्ष अरुण पिडित भण्डारीले स्थानीयलाई काट्छु मार्छु भन्ने, महिलाहरुलाई चोरको अरोप लगाउने जस्ता कार्य गरेको एक प्रत्यक्ष दर्शीले वताए । भण्डारीले आज विहान भरतपुर महानगरपालिका वडा नम्बर १० मा रहेको हाकीमचोकमा यो हर्कत गर्नुभएको हो । एक स्थानीयका अनुसार सडकको फोहोर उठाउन दवाव दिदै वडा अध्यक्ष आउनुभएको थियो ।

 

सडकको फोहोर नगरपालिकाले उठाउनु पर्ने भन्ने बिषयमा बिबाद भए पछि प्रबक्ता भण्डारीले स्थानीयलाई गालिगलौज देखि ज्यान मार्ने धम्कि सम्म दिनुभएको हो । स्थानीयले भन्नुभयो “वडा अध्यक्षका कारण सर्बसाधारण जनता असुरक्षित भयौ । अब हामी के गर्ने ।” उनले थपे “कार्यकाल कहिले सकिएला जस्तो भएको छ ।”वडा अध्यक्षका कारण वडा बासिले निकै हैरानी वेहोर्नु परेको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस !