
चितवनः जिल्लामा थप १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा आज गरिएको २ सय ३६ नमुना मध्ये १३ जनामा कोरोना सङ्क्रमण देखिएको हो ।
सङ्क्रमण देखिएका मध्ये चार जना भरतपुर महानगरपालिकाका, एक जना रत्ननगर नगरपालिकाका, चार जना खैरहनी नगरपालिकाका र चार जना कालिका नगरपालिकाका रहेको प्रयोगशाला प्रमुख नीतु अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार सात जना पुरुष र ६ जना महिलामा कोरोना सङ्क्रमण देखिएको छ ।