चितवनः भरतपुर महानगरपालिका वडा नं. ७ का ५५ वर्षिय कोरोना संक्रमित एक पुरुषको भरतपुर अस्पतालमा आज मृत्यु भएको छ । मृगौलाको समस्या भई डायलासिस गरिरहेको अवस्थामा असोज ४ गते उनमा संक्रमण पुष्टि भएको थियो ।

अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार खोकी र स्वासप्रश्वासमा समस्या भई असोज ७ गते अस्पतालमा भर्ना भएका उनलाई असोज ८ गतेदेखि कोभिड सघन उपचार कक्षमा राखेर उपचार थालिएको थियो ।

उनको उपचारकै क्रममा दिउँसो १ः२० बजे मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस !