
कपिलवस्तुः कपिलवस्तुको बुद्धभूमि नगरपालिका–१० का वडाध्यक्ष त्रिलोकीप्रसाद खरविन्दको निधन भएको छ । दीर्घरोगबाट ग्रसित उनको उपचारको क्रममा आज बिहान निधन भएको हो ।
वडाध्यक्षको निधनप्रति नगरप्रमुख केशवकुमार श्रेष्ठले श्रद्धाञ्जलि व्यक्त गरेका छन् । उनी तत्कालीन सङ्घीय समाजवादी पार्टीबाट वडाध्यक्ष निर्वाचित भएका थिए ।
यसअघि गत १४ भदौमा यही नगरपालिका–७ का वडाध्यक्ष रामेश्वर सिंहको पनि उपचारकै क्रममा निधन भएको थियो ।