तेजाब सम्बन्धि अध्यादेश पारित

काठमााडौः तेजाब (एसिड) सम्बन्धी कसुर नियन्त्रण गर्न सरकारले मन्त्रिपरिषद्बाट अध्यादेश पारित गरेको छ । एसिड छ्यापेर घाइते वा शरीरमा क्षति पुऱ्याए २० वर्ष कैद सजाय हुने गरी मन्त्रिपरिषद्बाट अध्यादेश पारित गरिएको हो ।

कानुन, न्याय तथा संसदीय मन्त्रालकया अनुसार एसिडबाट हुने अपराधसम्बन्धी छुट्टै अध्यादेश पारित गर्दै एसिड छ्यापेर कसैको मृत्यु भएमा जन्मकैद र घाइते, अंगभंग वा शरीरका कुनै अंगमा क्षति पुऱ्याए २० वर्ष कैद र १० लाख क्षतिपूर्ति भराउने गरी मन्त्रिपरिषद्ले अध्यादेश पारित गरिएको हो ।

अध्यादेश आज नै राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी भई राजपत्रमा प्रकाशित गरिने मन्त्री शिवमाया तुङ्बाहाम्फे जानकारी दिनुभयो ।

मुलुकी अपराध संहिता ऐन–२०७४ अनुसार एसिड प्रहारबाट कसैको मृत्यु भएमा जन्मकैद र घाइते, अंगभंग भए अधिकतम ८ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।

पछिल्लो समय एसिड आक्रमणका घटना बढिरहेकाले सरकारले यसको नियन्त्रणका लागि तेजावसम्बन्धी अध्यादेश पारित गरेको हो ।