बिस्तार गर्दै अस्किना केवल

चितवनः चितवन, नवलपरासी र मकवानपुरमा सेवा दिदै आएको अस्किना केवलले सेवा बिस्तार गरेर १० जिल्लामा पु¥याउने भएको छ । सोही कम्पनीले यी तीन जिल्लामा इन्टरनेट र सिम टिभि बितरण गर्दै आएको छ ।

अस्किना केवल नेट प्रा.ली.का प्रबन्ध निर्देशक दिपक अधिकारीका अनुसार तनहुँको दमौली, कास्किको पोखरा, लम्जुङ्को बेशिशहर, गोरखाको गोरखा वजारमा सेवा बिस्तार गर्न लागिएको हो । यसैगरी, रुपन्देही, कपिलवस्तु, सिराहा र सुनसरी जिल्लाका मुख्य शहरहरुमा ईन्टरनेट सेवा बिस्तार गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।

कम्पनीका अध्यक्ष मिलन गुरुङ्ले स्थापनाको दुई वर्षको अबधिमा तीन जिल्लाका ग्राहकहरुको सन्तु्ष्टि संगै सेवा बिस्तार गर्न लागिएको बताउनुभयो । एक वर्ष भित्रमा सेवा बिस्तार गरि सक्ने गरि काम भईरहेको उहाँको भनाई छ । उहाँका अनुसार इन्टरनेट सेवा प्रदायक पाँचहजार कटेका छन् भने सिम टिभिका ग्राहक २७ हजार छन् । जिल्ला बिस्तार संगै टेलिभिजनका ग्राहक ५० हजार र इन्टरनेटका ग्राहक ३० हजार कटाउने लक्ष्य रहेको गुरुङले वताउनुभयो ।

सो कम्पनीले अन्तराष्ट्रिय प्रतिष्ठित कम्पनी हुवाहेको उच्च स्तरको उपकरण प्रयोग गरेको दावि गरेको छ ।