बुटवलः तिनाउ नदीमा आएको बाढीले बुटवल–१७ रानीगञ्जमा घर बगाएको छ । अविरल वर्षाका कारण आएको बाढीले रानीगगञ्स्थित प्रेमकुमारी खाम्चाको चार कोठे ब्लकको घर बगाएको हो ।
लत्ताकपडा र अन्य सामानसहित बाढीले घर बगाएको भए पनि मानविय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले बताएको छ ।
त्यस्तै, बाढीले रानीगगञ्मै सुन्दर गन्दर्भको ट्वाईलेट र बाथरुम पनि बगाएको छ । बाढीले गणेश गैरे, तिलक गैरे र पुरुषोत्तमको घर जोखिममा रहेकाले परिवारलाई अन्यत्र स्थान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी खड्कबहादुर खत्रीले बताउनुभयो ।
तिनाउमै आएको बाढीले बुटवल–११ बुद्धनगर, माझगाउँ, मझुवा, बुद्धनगर र वडा नंं १७ का केही भागमा कटान गर्न थालेको छ ।
बुद्धनगर, मझुवा र मैनाबगर जोड्ने सडकको केही भाग र नदी कटान रोक्न मझुवामा बनाइएको तारजाली र ड्याम पनि बाढीले बगाएको छ ।






