चितवनः नारायणगढ–मुग्लिन सडक खण्डको चार किलोमा बुधबार राती खसेको पहिरो पन्छाए संगै दुई तर्फी सडक सञ्चालनमा आएको छ । आज दिउँसो १२ः५ वजे पहिरो पन्छाए संगै सवारी संञ्चालनमा आएको हो ।

ईच्छाकामना गाउँपालिका वडा नम्बर ६ चार किलोमा बुधबार राती ९ः२० वजे पहिरो खसे संगै सडक अबरुद्ध भएको थियो । जिल्ला ट्राफिक कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टका अनुसार सो स्थानमा दुई तर्फी सवारी सञ्चालनमा आएको हो । सोही सडक खण्डको पाँचकिलोमा सडक एक तर्फी सञ्चालनमा रहेको छ । उता पृथ्वी राजमार्गको कुरीनटारमा पनि एक तर्फी सवारी सञ्चालनमा आएको उहाँले जानकारी दिनुभयो ।

केही दिन यताको निरन्तर वर्षाका कारण नारायणगढ–मुग्लिन सडक खण्ड र पृथ्वी राजमार्गको ठाउँठाउँमा पहिरो खस्ने क्रम जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस !