काठमाडौंः पार्टी भित्र अनेक वहानावाजी गरेर आँफुलाई राष्ट्रिय सभा सदस्यमा मानोति गर्न सफल भएका नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई सर्वोच्चले राष्ट्रिय सभा प्रबेशमा रोक लगाएको छ । नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा गरिएको मनोनयनविरूद्ध सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्दै राष्ट्रिय सभा प्रवेशमा रोक लगाएको हो ।
गौतमको मनोनयन संविधानविपरीत रहेको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटमा बुधबार सुनुवाइ गर्दै न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले अन्तरिम आदेश जारी गरेको हो।

भदौ २९ गते मन्त्रिपरिषद्ले गौतमलाई राष्ट्रियसभामा सिफारिस गरेको थियो । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा बर्दिया क्षेत्र नम्बर १ बाट पराजित गौतमलाई १ असोजमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभामा मनोनीत गरेकी थिइन्।

संसदमा आफ्नो उपस्थिति नभए पछि पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई हातमा लिई पार्टी बिभाजनको संघार सम्म पु¥याएर मनोनित वनेका गौतमको सर्वोच्च अदालतको यो निर्णय संगै तत्कालका लागि राष्ट्रिय सभा सदस्यको यात्रामा समेत पूर्णबिराम लागेको छ ।

प्रतिक्रिया दिनुहोस !