
ओखलढुङ्गाः करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मोलुङ हाइड्रोमा कार्यरत सुपरभाइजर कुन्तादेवीका २८ वर्षीय प्रमेश पौडेल खत्रीको करेन्ट लागेर मृत्यु भएको हो ।
मोलुङ हाइड्रोको हाइटेन्सन लाइनको जम्पर हटाउन सिद्धिचरण नगरपालिका– १२ को भडारेमा पोलमा चढ्दा विद्युत् सर्ट भई करेन्ट लागेर खत्रीको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख रूपेश खड्काले जानकारी दिनुभयो ।