चितवनः चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा धान पसाउन लाग्दै गर्दा जंगली हात्तीले नोक्सान पु¥याउन थालेको छ । जिल्लाको पूर्बी क्षेत्र राप्ती र पश्चिमी क्षेत्र जगतपुर, मेघौली संगै माडीमा हत्तीले दैनिक रातको समयमा दुःख दिन थालेको हो ।

साँझ परेपछि एक्लै र समुहमा निकुञ्जबाट निस्किएर हात्ती धानवारिमा पस्ने गर्दछ । धान खाने, कुल्चने, मडार्ने गरेर क्षती पु¥याएको स्थानीयको गुनासो छ । ती क्षेत्रका बासिन्दाले पालो मिलाएर रातभर हात्ती लखेट्ने गरेका छन् । ट्याक्टरको बत्ति वाल्ने, टायर वाल्ने, बिद्युत्तीय झड्का दिएर लखेट्ने गरेको उनीहरुको भनाई छ ।

लोथर मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष मान वहादुर स्याङ्बोका अनुसार राप्ती नगरपालिकाको वडा नम्बर १ र ३ मा हात्तीले वढि सताउने गरेको छ । विगत ५० दिन यता रोनाल्डो संगै अन्य तीन चार वटा हात्ती दैनिक आउने गरेको स्याङ्बोले वताउनुभयो । उहाँले भन्नुभयो “कहिलो तीन वटा त कहिले चार वटा हात्ती दैनिक आउँछ ।”

कहिले काहि त्यही वथान मकवानपुरको मनहरी क्षेत्रमा जाने उहाँको भनाई छ । साँझ ८ वजे तिर आएका हात्तीलाई लखेट्न नसके बिहान ४ वजे सम्म धानमा क्षती पु¥याउँद छ । सो सामुदायीक वनले बिद्युतीय झड्काका लागि तारवार गरेको छ । राप्ती नगरपालिकाको सहयोगमा १० मिटरको फरकमा तीन किलो मिटर क्षेत्रमा सिएफएल बालिएको उहाँको भनाई छ । स्थानीयले चोक, चोकमा टायर वाल्ने, दैनिक दुई वा तीनवटा ट्याक्टरमा बत्ती वालेर लखेटि रहेको उहाँले जानकारी दिनुभयो । हात्तीले अहिले सम्म सो क्षेत्रमा १५ विगाह भन्दा वढि क्षेत्रफलमा लगाएको धान क्षती वनाएको छ । यस संगै एउटा घर, एउटा कुखुराको खोर र एउटा घरको भान्छामा क्षती बनाएको उहाँले दुखेसो गर्नुभयो ।

पश्चिम चितवनको शुक्रनगर, जगतपुर, पटिहानी, मेघौली क्षेत्रमा पनि हात्तीले सताउने गरेको छ । त्यस क्षेत्रमा गोविन्दे नामको पुरानो हात्ती दैनिक आउने गरेको हरियाली मध्यवर्ती सामुदायीक वनका सल्लाहाकार संयोजक लालवहादुर दवाडीले जानकारी दिनुभयो । रातभर स्थानीय हात्ती धपाउन बाध्य भएको उहाँको भनाई छ । धान हरियो र गाँज हाल्न थालेपछि हात्ती आउने गरेको छ । हाल सम्म मानविय क्षती वनाउन नपाएको भए पनि धेरै धानमा क्षती पु¥याएको उहाँले जानकारी दिनुभयो ।

माडी क्षेत्रमा हरेक वर्ष हात्तीले दुःख दिने गर्दछ । माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले भैरवपुर, वनकट्टा, पौवारी, कृष्णनगर लगाएतका क्षेत्रमा रातको समयमा हात्ती धान खेतमा पसेर क्षती पु¥याउन थालेको बताउनुभयो । उहाँले भन्न्ुभयो “धान जोगाउनका लागि स्थानीय रातभर जाग्राम बस्न बाध्य छन् ।” ढकालले हात्तीले क्षती वनाए बापत निकुञ्जले दिने जति राहत नगरपालिकाले थप गरेर दिदै आएको जानकारी दिनुभयो । जंगली जनावरको आक्रमणबाट नगरवासीको मृत्यु भएमा मृतकका परिवारलाई तत्काल किरिया खर्च बापत रु २५ हजार नगरपालिकाले दिदै आएको छ । उनीहरुका आफ्नै छोरा वा छोरी कक्षा १२ भन्दा तल पढ्दै गरेको भएमा रु ५ लाख सहयोग गर्ने गरेको छ । हाल सम्म दु्ई परिवारलाई अध्ययन खर्च दिईएको ढकालको भनाई छ ।

चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गानाले जंगली हात्तीले निकै दुःख दिने गरेको बताउनुभयो । मध्यवर्ती सामुदायीक वनहरुको अगुवाईमा स्थानीयले हात्ती लखेट्ने गरेको उहाँको भनाई छ । जंगली हात्तीले पु¥याएको क्षतीको राहत निकुञ्जले दिने गरेको भए पनि पूर्ण दिन सम्भव छैन । यध्यपी यस क्षेत्रका बासिन्दा संरक्षणमा जुटेका कारण निकुञ्ज र जनताका बिचमा द्धन्द्ध वढ्न नपाएको उहाँको भनाई छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ वरालले जंगली हात्ती वाहिर निस्कने क्रम वढेपछि गस्ति वढाईएको जानकारी दिनुभयो । उहाँका अनुसार मानविय र अन्य क्षती नहोस भन्नका लागि गाडी र ट्याक्टरको सहयोगमा हात्ती लखेट्ने काम भईरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “वढिनै दुःख दिएमा हवाई फायर समेत गर्नका लागि तयारी अबस्थामा सुरक्षा कर्मी राख्ने गरिएको छ ।” निकुञ्ज भित्रको घाँस छिप्पिएको हुने तर वाहिरको धान कलिलो र मिठो हुने भएकाले यो मौषममा जंगली हात्ती वाहिर आउने उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस !