बर्दघाटः वर्दघाट नगरपालिकाका युवाहरुद्धारा रगतको अभाव हुन नदिनका लागि आशिष दाहालको अध्यक्षतामा रक्तदाता समाज गठन गरेको छ । दाहालको नेतृत्वमा ११ सदस्यिय समिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा अनिषा गौतम, सचिवमा अंकित खनाल, र कोषाध्यक्षमा प्रकाश न्यौपाने लगाएत रहनु भएको छ । रगतको अभाबका कारण कुनै पनि बिरामीले ज्यान गुमाउनु नपरोस भनेर समिति गठन गरिएको हो ।

यस संस्थाले जिल्लाका बिभिन्न स्थानमा रक्तदान कार्यक्रमको आयोजना गर्ने छ ।

प्रतिक्रिया दिनुहोस !