चितवनः नबिल बैंक नारायगढ शाखाले फोनबाट लोन लिने सुबिधा सुरु गरेको छ । शाखाले एब बिज्ञप्ति जारी गर्दै तलवी खाता वाहक ग्राहकहरुका लागि आबश्यकता अनुसार रु १ लाख सम्मको ऋण मोवाईलबाटै उपलव्ध गराउन सकिने जनाएको हो ।

डिजिटल बैंकिङ प्रणालीमा अब्बल रहेको यस वैंकले नियमीत तलव यस बैंकबाट वुझ्ने कर्मचारीहरुका लागि यो सुबिधा ल्याएको हो । यस वैंकले एफ वान सफ्ट इंटरनेशनल प्रँ.लि.संगको सहकार्यमा यो सुबिधा सञ्चालनमा ल्याएको हो ।

नबिल स्मार्टबैंकको विश्लेषणात्मक प्रबिधिको महत्वपूर्ण भूमिका रहेको यस सेवामार्फत निवेदनदिएको केहीमिनेटमै ग्राहकको ‘भर्चुअलक्रेडिट कार्ड’ मार्फत खातामा ऋण उपलब्ध गराइने बैंकले जनाएको छ । यो सुबिधा लिन नबिलको स्मार्टबैंक प्रयोगकर्ता हुनुपर्ने र यस प्रकारको ऋण छोटो अवधीका लागि उपलब्ध गराईने शहिदचोक शाखाका व्यवस्थापक राजन मानन्धरले जानकारी दिनुभयो ।
कन्ट्याक लेस डिजिटल ल्यान्डिङ एक्सपेरियन्स ऋण लिन इच्छुक ग्राहकले बैंकको शाखा भ्रमण गर्नुका साथै कुनै कागजी प्रक्रिया बिना नै नबिल बैंकले आफ्नो स्माटबैंक एपको प्रयोग गरी ऋणका लागि निवेदन दिन सक्नेछन् । इन्ँस्ट्यान्ड लोन बैंकले सम्पूर्ण प्रक्रिया पूरा गरी तुरुन्त ऋण प्रवाह गर्ने मानन्धरले जानकारी दिनुभयो ।

बिना धितो ऋण ग्राहकको बैंकिङ कारोबार सँग निहीत भएकाले कुनै अतिरिक्त धितो आवश्यक नपर्ने बैंकका प्रमुख कार्यकारी अधिृकत अनिल केशरी शाहले जनाकारी दिनुभयो । शाहले बिना धितो, बिना कागजी प्रक्रिया, बिना बैंक शाखा भ्रमण तथा तुरुन्त ऋण प्राप्त गर्न सकिने जस्ता विशेषताले गर्दा यो अत्यन्तै लोक प्रिय हुनुका साथै ग्राहकको केन्द्र बन्न्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘नेपालमा पहिलो पटक स्मार्ट बैंक एप मार्फत यति सहज र सरल सुविधा प्रस्तुत गर्न सक्नु गौरबको विषय हो ।’ हाल बैंकले १ सय १९ शाखा तथा १ सय ८४ ओटा एटिएम सञ्जाल मार्फत सेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस !