काठमाडौंः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले कार्यकारी अध्यक्षको अधिकार प्रयोग गर्न पाउने निर्णयपछि पहिलो पटक बैठक पेरिसडाँडामा सुरु भएको हो ।

यसअघिका बैठक धुम्बाराहीस्थित केन्द्रीय कार्यालय र प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएका थिए ।

यसअघि २ असोजमा बोलाइएको बैठक अन्तिम समयमा स्थगित गरिएको थियो । सचिवालय बैठकका लागि पेरिसडाँडास्थित कार्यालयमा भौतिक दूरी कायम गरी आसनको व्यवस्था गरिएको छ ।
बालुवाटारमा बसेको २६ भदौको स्थायी कमिटी बैठकले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष प्रचण्डको कार्यविभाजन तथा कार्याधिकार स्पष्ट पारेको पारेको थियो । सोही विषय कार्न्वयनका विषयमा पनि सचिवालय बैठकमा छलफल हुने बताइएको छ ।

बैठकमा सो निर्णय कार्यान्वयनका लागि मापदण्ड बनाउने, मन्त्रिपरिषद पुनर्गठन गर्ने, सांगठनिक एकीकरणको बाँकी काम पूरा गर्ने र संवैधानिक निकायहरुमा राजनीतिक नियुक्ति छिटो गर्ने लगायतका विषयमा छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस !