चितवनः करेन्ट लागेर आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पा मायागडी गाउँपालिका वडा नम्बर ८ घर भई भरतपुर महानगरपालिका वडा ३ व्लक उद्योगमा काम गर्ने २७ वर्षीय प्रेम राना रहेका छन् ।
त्रिशक्ति कंक्रिट एण्ड ब्लक कम्पनिमा काम गर्ने उनको त्यही भित्र तारमा कपडा सुकाउने क्रममा करेन्ट लागेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता सुर्य थापाका अनुसार करेन्ट लागेर गंभिर भएका उनको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो ।