चितवनः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आज नेकपाका पुराना नेता जगत बहादुर श्रेष्ठ र खम्बसिंह कुँवर (काजीबा) लाइ भेटी उहाँहरूको स्वास्थ्य अवस्थाको जानकारी लिनुभएको छ । संबिधान दिवसको अबसरमा गृह जिल्ला रहनु भएका दाहालले पुराना नेताहलाई घरमानै पुगेर भेट गरि उहाँहरुको स्वास्थ्य अबस्थाको बारेमा जानकारी लिनुभएको हो ।

श्रेष्ठको निवास नारायणगढ र कुँवरको निवास हाकीमचोक पुगी अध्यक्ष दाहालले स्वास्थ्य लाभको कामना गर्नुभएको हो । श्रेष्ठ घरमै लडेपछी उपचारका लागी अस्पताल लगिएको थियो । अस्पतालले थप उपचार सम्भब नभएको भन्दै डिस्चार्ज गरेपछी घरमै आराम गरिरहनु भएको श्रेष्ठका छोरा सुधिर श्रेष्ठले बताउनुभयो । अध्यक्ष दाहालले श्रेष्ठले कम्युनिष्ठ आन्दोलन र निष्ठाको राजनितिमा खेलेको भूमिकाको चर्चा गर्दै उपचार र स्वास्थ्यमा बिशेश ख्याल गर्न आग्रह गर्नुभयो ।

अध्यक्ष दाहालले पुराना नेता खम्बसिंह कुँवरलाइ भेटगरि उहाँको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुभएको हो । बिगत लामो समय देखि प्रोस्टेटको समस्यामा रहनुभएका कुँवर स्वास्थ्यलाभ गरिरहनु भएको छ । अध्यक्ष दाहालले काजिवाको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिदै उच्च मनोबलका साथ जिउन आग्रह गर्नुभएको भेटमा सहभागी पत्रकार सुरेशचन्द्र अधिकारीले जानकारी दिनुभयो । सो अबसरमा उहाँले काजिबा नेपाल कम्युनिष्ट आन्दोलनमा अग्र मोर्चामा रहेर काम गर्ने एक योद्धा रहेको भन्दै प्रशंसा गर्नुभएको थियो ।

सो अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बागमती प्रदेशका अध्यक्ष नारायण प्रसाद दाहाल ,नेपाल कम्युनिष्ठ पार्टी (नेकपा) केन्द्रिय सदस्य तथा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल लगायतको उपस्थिती रहेको थियो । पारिवारिक भेटघाटका लागि शुक्रवार चितवन आउनुभएका अध्यक्ष दाहाल आज काठमााडौं फर्कने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस !