चितवनः वर्षातको समयमा लाठीले वोरा अडाएर त्यही भित्र जीवन गुजारी रहेका दुई दिदि वहिनीलाई यहाँका सामाजिक अगुवाहरुले सहयोग जुटाएर घर वनाउन सुरु गरेका छन् । निषेधाज्ञाको समयमा दुःख परेकाहरुलाई सहयोग गर्न संगठित भएको अगुवाको समुहले सहयोग जुटाएर घर वनाउन सुरु गरेका हुन ।
खैरहनी नगरपालिका वडा नम्बर ८ का मुरली प्रसाद गजुरेल, प्रेम रिमाल, कमल पाठक, अशोक न्यौपाने र लेख बहादुर पुनले कालिका नगरपालिका वडा नम्बर ५ मा घर वनाईदिन सुरु गर्नुभएको हो । गजुरेलले भन्नुभयो “त्यहाँ ६२ वर्षकी मुसरी महतो र ४८ वर्षीया वहिनी फोहोरी महतोको अबस्था बिजोग देखेर हामीले सहयोग जुटाएर घर वनाउन थाल्यौं ।” स्थानीय पत्रकार सन्तकुमार चौधरीले उनीहरुको अबस्थाको बारेमा लेखे पछि गजुरेल सहितको अगुवाहरुले सुरुमा उनीहरुलाई ६ महिना खानाको व्यवस्था ग¥यो । विना मास्क माग्दै हिडे पछि स्थानीय त्रसित भएका थिए ।
गजुरेलले थप्नुभयो “लाठीले वोरा अडाएर मुसल्धारे वर्षातमा वसेको देखेर हामीले सुरुमा त्रिपाल, म्याट र टर्च लाईट दियौ ।” पछि मन मानेन र घरै वनाउन सहयोग जुटाउन थालेको उहाँको भनाई छ । उनीहरुकै दुई वहिनीको थोरै जग्गाको छेउमा गजुरेलको समुहले घर वनाइदिन सुरु गरेको छ । हाल सम्म रु २ लाख ५० हजार संङ्कलन भई सकेको उहाँले जानकारी दिनुभयो । टिनले छाएको घर सम्पन्न हुन रु ३ लाख ५० हजार लाग्ने अनुमान गरिएको छ ।
यहि भदौ २८ गतेबाट स्थानीय संगै अगुवाहरुले श्रमदान सुरु गर्नु भएको थियो । हाल सम्म डिबिसिको काम भई सकेको भन्दै उहाँले सहयोग जुटिरहेको र छिट्टै घर सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । जापानको योकायामा नेपाली समाजका अध्यक्ष प्रेम आचार्यले आँफुले रु १ लाख ४० हजार र साथीभाई संग रु ६७ हजार २ सय संकलन गरि पठाई सक्नु भएको छ । अमेरीकामा रहनु भएकी जयन्ति थापाले घर वनेपछि कपडाका लागि रु १५ हजार पठाई सक्नु भएको छ ।
अन्य व्यक्तिहरुले पनि पठाउने क्रम जारी रहेको छ । गजुरेलका अनुसार ती दिदि वहिनी मध्ये जेठिको माडीमा र वहिनीको भण्डारामा विहे भएको भए पनि श्रीमानले छोडे पछि स्थानीयको गाईभौसी चराउने काम गरेका थिए । जसको पिडीमा वस्न पाईन्छ त्यही बस्ने खाने गरेका उनीहरु पछिल्ला दिनहरुमा वेसाहारा भएर त्यहाँ बोराको ओत लागेर वसेका थिए ।
जसको जग्गामा उनीहरु छन् ती दुई वहिनीका एक श्रीमान रहेको र उनी गैंडा तस्करीको अभियोगमा कारागारमा भएकाले उनीहरुको पनि रेखदेख गर्ने अबस्था नरहेको गजुरेलको भनाई छ ।