काठमाडौंः नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको नीजि सचिवालयमा कार्यरत एक जनामा कोरोना पोजेटिभ देखिएको छ ।
यससँगै उनी कन्ट्याक्ट ट्रेसिङमा परेका छन् । हाल देउवा होम आइसोलेसनमा बसेका छन् । सचिवालयमा कार्यरत अन्य चार जनाको रिपोर्ट भने नेगेटिभ आएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो।
देउवा होम आइसोलेसनमा बसेसँगै बिहीबारका लागि तय भएको सत्तारुढ र प्रमुख प्रतिपक्षीबीचको छलफल पनि स्थगित हुने भएको छ ।
स्वकीय सचिव भानु देउवाका अनुसार अहिले देउवाको स्वाब संकलनको तयारी भइरहेको छ ।