काठमाडौंः मन्त्रिपरिषद्को बैठक अहलिे बसिरहेको छ । दिउँसो १२ बजे देखि प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा मन्त्रालयगत एजेण्डामा छलफल हुनेछ ।

साथै, बैठकले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले गत सोमबारको मन्त्रिपरिषद् बैठकमा कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्ति गर्न पेस गरेको प्रस्तावमाथि छलफल गर्ने बताइएको छ ।

हाल उक्त प्रस्ताव मन्त्रिपरिषद्को कार्यालयमा विचाराधीन अवस्थामा रहेको छ ।

प्रतिक्रिया दिनुहोस !