
काठमाडौंः ओम हस्पिटल एन्ड रिसर्च सेन्टरले नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाको स्वास्थ्य अवस्था स्थिर रहेको जनाएको छ । अस्पतालका प्रबन्ध सञ्चालक बाबुकाजी श्रेष्ठले प्रेस विज्ञप्ति जारी गरेर महामन्त्री कोइरालाको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिनुभएको हो ।
उहाँले अस्पतालका मेडिकल डाइरेक्टरसमेत रहेका सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा. विश्वनाथ कोइरालाको नेतृत्वमा रहेको चिकित्सकीय टोलीले उपचार गरिरहेको पनि जनाएको छ । श्रेष्ठका अनुसार महामन्त्रीको उपचारमा डा. कोइरालासँगै सिनियर कन्सल्ट्यान्ट पल्मोनोलाजिस्ट डा. सुबोधसागर ढकाल, कन्सल्ट्यान्ट इन्टेन्सिभस्ट डा. प्रमेशसुन्दर श्रेष्ठलगायतको टिम संलग्न छ ।