काठमाडौंः नेपालको वजारमा प्याजको मूल्य आकाशिएको छ । भारतबाट प्याज आयात बन्द भएपछि बजारमा प्याजको मूल्य ह्वात्तै बढेको हो । बजारमा प्याजको खुद्रा मूल्य रु ५० सम्मको बढेको हो ।
आज तरकारी पसलमा प्याज किलोमा १ सय ३० रुपैयाँ परेको उपभोक्ताले बताएका छन् । हिजोसम्म किलोको ८० रुपैयाँमा बिक्री भइरहेको थियो । सोमबार भने ६० रुपैयाँमा खरिद गरेको उपभोक्ताले जनाएका छन् ।

अनामनगरमा भने किलोको १ सय १० रुपैयाँमा खरिद गरेको उपभोक्ताले दाबी गरेका छन् । कालीमाटी तरकारी बजारमा सुकेको प्याज भारतीय को थोक मूल्य १ सय २० रुपैयाँ पुगेको छ । मंगलबारको थोक मूल्य ७५ रुपैयाँ थियो । भारतले सोमबार प्याजको निर्यात रोकेको हो । एक महिनामै तीन गुणाले मूल्य बढेपछि भारतले प्याज निकासी बन्द गरेको हो ।

दक्षिणी राज्यमा अधिक वर्षाका कारण बाली प्रभावित भएपछि भारतमा प्याजको भाउ बढेको थियो । त्यसपछि आन्तरिक माग धान्‍न भन्दै भारतले सोमबारबाट प्याक निकासी रोकेको हो ।

प्रतिक्रिया दिनुहोस !