चितवनः कोरोना सङ्क्रमण वढे संगै स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा बिस्तारै खुकुलो गर्दै लगेको छ । केही दिन अघि वजारहरु निश्चित समयका लागि संञ्चालनमा ल्याईएकोमा भोलि देखि सबै पसलहरु संञ्चालन गर्न दिने तयारी गरेको हो । स्थानीय प्रशासनले आज सम्मकालागि जारी गरेको आदेशमा भोली देखि केही परिवर्तन हुने भएको छ । भोली असोज १ गते देखि लागु हुनेगरी जिल्ला प्रशासन कार्यालय चितवनले नयाँ आदेश जारी गर्दै छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले चितवनमा भोली देखि निजी सवारी साधान जोर विजोेर प्रणालीमा संचालन गर्न दिने तयारीमा रहेको बताउनुभएको छ । चितवनमा सार्वजानिक सवारी साधन सञ्चालनका बिषयमा के गर्ने भन्ने बिषयमा छलफल भइरहेको उहाँले बताउनुभयो ।

सार्वजानिक सवारीसाधन सञ्चालनका बिषयमा जिल्लामा कोरोनाको जोखिम अवस्था अध्ययन गरी निर्णय लिनुपर्ने भएकोले आफुले वुझिरहेको भट्टराईले बताउनुभयो । “भोली देखि चितवनमा गर्न नपाउने÷नमिल्ने कामको विवरण कम हुन्छ” भट्टराईले भन्नुभया “अतीआवश्यक भन्दा बाहेकका पसललाई विहान १० बजेदेखि ५ वजेसम्म खोल्न मिल्नेगरी निर्णय हुनसक्छ ।” दिउसो सम्ममा निर्णय आउने उहाँले बताउनुभयो ।

जिल्लामा कोरोनाको जोखिम कायमै रहेकोले कोरोना रोकथामका लागि सहयोग पुग्नेगरी दिउसोसम्ममा प्रशासनले सूचना जारी गर्ने उहाँले बताउनुभयो । धार्मिक, सांस्कृति कार्यक्रम गर्न, बिहे, ब्रतबन्ध जस्ता सामाजिक काम गर्न र अन्य भेला जमघट हुनलाई केही समय रोक्ने प्रशासनको तयारी रहेको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले भदौ ३१ गते राती १२ बजेसम्मको लागि केही खुकुलो बनाई निषेधज्ञा लगाएको थियो । चितवन जिल्लामा साउन ३२ गतेबाट निषेधज्ञा लगाइएको थियो ।

प्रतिक्रिया दिनुहोस !