चितवनः जिल्लाको माडीमा सामुहीक खेती गरिएको क्षेत्रमा कृषि पर्यटनका लागि होमस्टे निर्माण कार्य तिब्र पारिएको छ । माडी नगरपालिका वडा नम्बर ८ कान्तिपुरमा सूर्योदय कृषि सहकारी संस्थाले सामुहीक खेती गरिएको ठाउँमा एक सय जना क्षमताको होमस्टे निर्माण गरेको हो ।
सहकारीका प्रबन्धक शिवजी गायकका अनुसार सो संस्थाले त्यहाँका ८६ घर परिवारको जग्गा एकिकृत गरि सामुहीक खेति गरेको छ । जस मध्ये घर आबश्यक भएका ५० परिवारलाई पक्कि घर वनाएर त्यही होमस्टे संञ्चालन गर्न लागिएको हो । उनीहरुका घरमा चार कोठा हुने छन् । जस मध्ये शौचालय सहितको एउटा कोठा होमस्टे हुने छ ।
दश वटा घर अन्तिम चरणमा पुगेको छ । गायकका अनुसार २८ वटा घरको झ्याल ढोका हालिदै छ भने १२ वटा घर निर्माणका लागि जग खन्ने काम सुरु भएको छ । अन्तिम चरणमा पुगेका १० घरमा प्लाष्टर गर्न मात्र बाँकी रहेको छ । निषेधाज्ञाका कारण काममा ढिलाई भएको हो । ती सबै घर जग्गावालाको आफ्नै जमिनमा निर्माण गरिदै छ । घर निर्माणका लागि वागमती प्रदेशले एउटा घरको रु ३ लाख र माडी नगरपालिकाले रु १ लाख ५० हजार घरधनीलाई सहयोग गरेको छ ।
वाँकी श्रमदान आँफैले गर्नुपर्ने हुन्छ । गायकले भन्नुभयो “उहाँहरुलाई कच्चि घरबाट पक्किमा वसेर त्यही भित्र रोजगारीका साथै व्यवसाय गर्ने अबसर मिल्ने छ ।” यही माघ, फागुन सम्ममा घर निर्माण सम्पन्न गरेर होमस्टे संंञ्चालनमा ल्याईने सहकारीका अध्यक्ष इन्द्रवहादुर पौडेलले जानकारी दिनुभयो । कृषि क्षेत्रलाई पर्यटन संग जोड्दै बिबिध पक्षको अध्ययन गर्ने केन्द्रको रुपमा बिकास गरिने उहाँको भनाई छ । सोही क्षेत्रमा रु ५० लाखको लागतमा गन्धर्ब सांस्कृतिक भवन वनाईदै छ । सो भवनमा २ सय ५० जना अट्ने उहाँले जानकारी दिनुभयो ।
माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले माडीमा पर्यापर्यटन, धार्मीक पर्यटन संगै कृषि पर्यटनका लागि होमस्टे उपयोगी हुने वताउनुभयो । सामुहीक कृषि खेती संगै लोपउन्मुख गन्धर्व जातीको संरक्षणमा त्यहाँ भएको काम वहुआयामीक भएको उहाँको भनाई छ । उहाँले भन्नुभयो “पछाडी परेको समुदायलाई अगाडी वढाएर कृषि पर्यटनमा नमुना काम हुँदैछ ।” यसले माडी आउने पर्यटकको वसाई लम्व्याउन सहयोग पुग्ने ढकालको भनाई छ । कृषिमा माडी नमुना भएको भन्दै उहाँले अब पर्यटन पवर्धनका कामहरु अघि वढाईने जानकारी दिनुभयो ।
त्यसै वडामा रामको जन्मभूमी अयोध्या भएको भन्दै सरकारले अध्ययन थालेको छ । माडीमानै बाल्मिकी आश्रम, वैकुण्ठ धाम, सिता गुफा, गोद्धक, छरछरे, स्वमेस्वर कालिका मन्दीर लगाएतका धार्मीक क्षेत्रहरु रहेका छन् । माडी चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रले घेरीएको पर्यटकीय क्षेत्र हो । त्यस क्षेत्रमा कृषि पर्यटनको उच्च सम्भावना रहेको छ । माडी माछा पालनका लागि पकेट क्षेत्र हो । अन्य कृषि उत्पादनमा पनि माडी अग्रस्थानमा रहेको छ ।
सामुहीक खेतीका लागि एक सय विगाह जमिन एकिकृत गरिएको छ । एकिकृत गरिएका जमिन धेरै दलितको हो । पौडेलका अनुसार त्यहाँ रहेका ८५ घर परिवार मध्ये ४९ घर दलितको ३४ घर वाहुन क्षेत्रीको र ३ घर जनजातीको रहेको छ । हाल सामुहीक खेती गरिएको क्षेत्रमा टनेल भित्र काउली, खुर्सानी, गोल्भेडा लगाईएको छ । यस संगै धान खेती गरिएको छ । वर्षा वढि भएकाले टनेल वाहीर तरकारी खेती गर्न कठिन भएको पौडेलले जानकारी दिनुभयो ।
सहकारीले सामुहीक खेतीका लागि प्रदेश सरकार र स्थानीय तह संग सहयोग जुटाएर आबश्यक औजारहरु जोडेको छ । जसले खेती गर्न सहज र छिटो भएको पौडेलको भनाई छ ।