यातायात संञ्चालनको माग गर्दै व्यवसायीले बुझाए ज्ञापनपत्र

चितवनः चितवनका यातायात व्यवसायीहरुले असोज १ गतेबाट सवारी साधन चलाउन पाउनुपर्ने माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् । असोज १ गतेबाट गाडी चलाउन पाउनुपर्ने माग गर्दै जिल्लाका ४ वटा यातायात व्यवसायी संघहरुले संयुक्त रुपमा अप्रजिअ नारायणप्रसाद भट्टराइलाई ज्ञापनपत्र बुझाएका हुन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रिय उपाध्यक्ष रामप्रसाद सुवेदी, नेपाल यातायात मजदुर संघका जिल्ला अध्यक्ष पाल्टेन घलान, अखिल नेपाल यातायात मजदुर संघका जिल्ला अध्यक्ष राजु श्रेष्ठ र नेपाल यातायात स्वरोजगार मजदुर संगठन चितवनका जिल्ला अध्यक्ष दिलिप अधिकारीले आज ९आइतबार० प्रजिअ भट्टराइलाई ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्र बुझाउदै उनिहरुले असोज १ गतेबाट लामो, मध्यम, छोटो, र स्थानीय रुटका सम्पूर्ण सवारी साधन जिल्ला भित्र र बाहिरका लागि सञ्चालनका लागि आवश्यक सहयोग गर्न माग गरेका छन् । प्रशासनले सहयोग नगरे व्यवसायी र मजदुरहरु स्वतस्फुर्त रुपमा सवारी साधन सञ्चालनका लागि वाध्य हुने उनिहरुले चेतावनी समेत दिएका छन् ।

गत बर्षको चैत्र ११ गतेदेखिको लकडाउन र निषेधाज्ञाको निर्णयमा साथ र सहयोग गर्दै आएको तर लामो समयदेखि यातायात ठप्प हुँदा व्यवसायी र मजदुरको दैनिकी कष्ठकर बन्दै गएको उनिहरुको भनाई छ ।

६ महिनादेखि यातायात ठप्प हुँदा झन्डै ११ लाख श्रमिक र ३ लाख ६० हजार व्यवसायीसँग आश्रित परिवारका कम्तीमा ५० लाख भन्दा बढीको जीवन संकटमा परेको ज्ञापनपत्रमा उल्लेख छ । चितवनमा पनि ७० हजार बढी संकटमा परेको नेपाल यातायात मजदुर संघका जिल्ला अध्यक्ष पाल्टेन घलानले बताउनुभयो ।

देशको सामाजिक, आर्थिक अवस्थाले अब यस भन्दा बढी लकडाउन तथा निषेधाज्ञा थेग्न नसक्ने घलानले बताउनुभयो । विज्ञहरुका रायको आधारमा सुरक्षाका उपाएहरु अबलम्बन र स्वास्थ्य मापदण्ड पालना गरेर नियमित जीवन अघी बढाउनु पर्ने व्यवसायीहरुको भनाई छ ।

व्यवसायीहरुले नियमन निकायहरुद्धारा जारी सवारी पासको दुरुपायोग भइरहेकोले अनुगमन गरी कारबाही गर्न पनि माग गरेका छन् । यस्तै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम कोभिड १९ प्रभावित उद्योग,पर्यटन,यातायात र कृषि व्यवसायलाई पुनरकर्जा र कर्जा सहजीकरण तालिका लागु गर्नुपर्ने व्यवस्थालाई स्थायिन बैंक तथा वित्तिय संस्थाहरुले लागु नगरेको भन्दै आवश्यक पहल गरिदिन पनि व्यवसायीले माग गरेका छन ।

अयोध्यामिडिया द्धारा संञ्चालित क्लिक खवर
अध्यक्षः सनद अधिकारी
प्रबन्धनिर्देशकः प्रस्ताब सुवेदी
र सम्पादक नारायण काफ्ले
बिज्ञापनका लागि सम्पर्कः ९८५५०५४१३५
Copyright © 2020 - www.clickkhabar.com | Powered by: Namuna Computer