काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोक र बाग्लुङमा गएको पहिरोमा परी मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।

उहाँले आज प्रेस विज्ञप्ति जारी गरेर गएराति सिनधुपाल्चोकको बाह्रबिसे नगरपालिका र बाग्लुङमा गएको छुट्टछुट्टै पहिरोको घटनामा मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको हो ।

सभापति देउवाले पहिरोमा पुरिएर वेपत्ता भएकाहरुको तीव्रताका साथ खोजी गर्न, घाइतेहरुलाई उपचारको प्रबन्ध गर्न तथा पीडितका परिवारलाई अति आवश्यक सामाग्रीहरु खाद्यान्न, लत्ता कपडा, भाडाकुडा, औषधि र अस्थायी बसोबासको तत्काल व्यवस्था गर्न सरकारसँग आग्रह गरेका गर्नुभएको छ ।

उहाँले सिन्धुपाल्चोकमा पछिल्लो समय पटक–पटक पहिरोले क्षति गरेको तथ्य दृष्टिगत गर्दै भू–गर्भ विद्हरुले औंल्याएका जोखिमका वस्तीहरुका नागरिकलाई सुरक्षित स्थानान्तरण अविलम्ब गर्न पनि माग समेत गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस !