सिन्धुपाल्चोकः बाह्रबिसे–७ घुम्थाङमा पहिरो जाँदा पुरिएका ५ जनाको शव भेटिएको छ ।

नागपुजेकी ७० वर्षीया भक्तिमाया श्रेष्ठ र विक गाउँका २४ वर्षीया जुनुमाया विक र ४० वर्षीय सर्किनी प्रधानको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो । २ जनाको सनाखत हुन बाँकी छ ।

पहिरोमा पुरिएर ३१ जना बेपत्ता भएका छन् । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित स्थानीय युवाहरु उद्धार कार्यमा खटिएका छन् ।

पहिरोमा परी घाइते भएका ३ जनालाई प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसेमा ल्याइएको छ । रासस

प्रतिक्रिया दिनुहोस !