काठमााडैः प्रहरीले दुर्लभ कछुवा बेच्न लाने पाँच जनालाई कलंकीबाट पक्राउ गरेको छ ।

७०० ग्राम तौल र १२ इन्च लम्बाई भएको पहेंलो रंगको कछुवालाई ३५ लाखमा बेच्न भनी शनिबार पाँच जनाले चितवनदेखि काठमाडौं ल्याएका थिए ।

विशेष सूचनाका आधारमा प्रहरीले शनिबार राति साढे ११ बजे उनीहरूलाई काठमाडौं महानगर–१४ कलंकी मकालु पेट्रोल पम्प अगाडिबाट पक्राउ गरेको महानगरीय अपराध महाशाखाका प्रही उपरीक्षक ईश्वर कार्कीले बताउनु भयो । पक्राउ पर्नेमा सुर्खेत भेरी गंगा नगरपालिका–२ बस्ने वर्ष २५ वर्षीय सर्वराज बुढ़ा, नुवाकोट बेलकोट गढी नगर–५ बस्ने १८ वर्षीय सुरेन्द्र श्रेष्ठ, काभ्रे नमोबुद्ध नगर– ८ बस्ने २७ वर्षीय सन्तोष रम्तेल, रौतहट चन्द्रपुर नगर–३ बस्ने १८ वर्षीय रुपेश तिमल्सिना र नुवाकोट बेलकोट गढी नगर–५ बस्ने १९ वर्षीय प्रमोद बास्कोटा छन् । उनीहरूमाथि थप अनुसन्धान गर्न प्रहरीले महानगरीय प्रहरी वृत्त कालिमाटीमा बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस !