काठमााडौः पछिल्लो २४ घण्टाको अवधिमा १४ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा मन्त्रालयले पछिल्लो २४ घण्टाको अवधिमा तीन महिला र ११ पुरुषको कोरोना संक्रमणबाट निधन भएको हो ।

मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट काठमाडौं उपत्यका थप पाँच जनाको निधन भएको छ । काठमाडौंमा एक महिला र दुई पुरुष र भक्तपुरमा दुई पुरुषको कोरोना संक्रमणबाट निधन भएको छ । त्यस्तै पर्सा र तनहुँमा एक–एक महिला र सुनसरी, चितवन, स्याङ्जा, गोरखा, कास्की र रूपन्देहीमा एक–एक पुरुषको निधन भएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय ३६ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !