चितवनः भरतपुर महानगरपालिकामा ७३ जना सहित जिल्लामा ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पता कोभिड १९ प्रयोगशालाका प्रमुख डा. नीतु अधिकारीका अनुसार सङ्क्रमित मध्ये २९ जना महिला र ५८ जना पुरुष रहेका छन् ।

संक्रमण पुष्टि हुनेमा रत्ननगरका २ जना, खैरहनीका ४ जना र कालिकाका ८ जना रहेका छन । उनीहरु ३ देखि ९० वर्ष उमेर समुहका रहेका छन् । यो संगै जिल्लामा सङ्क्रमण पुष्टि हुनेको संख्या १२ सय नाघेको छ ।

प्रतिक्रिया दिनुहोस !