मञ्जुश्री असाह्य संरक्षण केन्द्रले छैटौ वार्षिक उत्सव मनाएको छ । भरतपुर महानरपालिका वडा नम्बर ११ गणेस्थानमा रहेकोआफ्नै भवनमा एक कार्यक्रमका बिच संस्थाले वार्षिक उत्सव मनाएको हो ।
कार्यक्रमका प्रमुख अतिर्थी बागमी प्रदेशका प्रमुख सचिव डाक्टर मानबहादुर विकले असाह्य तथा अनाथ महिला बालबालिकाको लागि स्थापना भई उनीहरुको रेख देख र संरक्षण गनु आफैमा महान काम भएको बताउनु भयो । सो अवसरमा प्रमुख सचिव विकले आफ्ना आमा बुबाको नाममा संरक्षण गृहलाई पचास हजार रुपया सहयोग गर्नुभएको थियो ।
कार्यक्रममा माडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिन बहादुर कुवरले सरकारले गर्नुपर्ने काम एउटा व्यक्तिले गरेको भन्दै प्रशंसा गर्नुभएको थियो । आउदा दिनमा सहकार्य गरेर अगाडी बढ्ने भन्दै उहाँले सो अवसरमा ६ हजार ६ सय रुपैया सहयोग गर्नु भएको थियो ।
संरक्षण गृहले अनाथ तथा असाह्य महिला तथा बालबालिकाहरुलाई संरक्षण, उद्धार र पुर्नमिलन गरउदै आएको सो अवसरमा संस्थाकी अध्यक्ष मञ्जु खाडले बताउनु भयो । संरक्षण गृहले अहिलसम्म दुई सय जनालाई पुर्नरमिलन गराउन सफल भएको छ भने अहिले संस्थामा २२ जना बालबालिकाहरुले संरक्षण लिदै आएको सो अवसरमा अध्यक्ष खाँडले बताउनु भयो । संस्थाले छैटौ वार्षिक उत्सवको अवसर पारेर सात वटा प्रदेशमा गरेर बिस बटा जिल्लामा शाखा विस्तार गरेका समेत सो अवसरमा जानकारी दिईएको थियो ।